प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ प्रस्तुत गरेकी छन्।
नेपालको संविधानको धारा २९४ बमोजिम अनुसार प्रतिवेदन संसद्मा पेस गरेकी हुन्।
त्यसैगरी प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई बैठकमा पेस गरिन्।
प्रकाशित: १४ असार २०८३ १२:४० आइतबार





