२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई आशिकाको प्रश्न- मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बारम्बार मन्त्री फेरबदल गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै मन्त्री बदलेर मात्र देश परिवर्तन नहुने बताएकी छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले कार्यप्रणाली नसच्चिएसम्म नयाँ मन्त्रीले केवल आफ्नो टाई र कोट मात्र फेर्न सक्ने कटाक्ष गरेकी हुन्।

राज्य सञ्चालनको मूल पद्धति, विधि र नीति नियम पुरानै राखेर व्यक्ति मात्र बदल्नुको कुनै औचित्य नरहेको सांसद तामाङको भनाइ छ।

‘मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ? देश चलाउने कार्यप्रणाली उही, विधि उही, नीति नियम उही,’ उनले लेखेकी छन्, ‘चाहियो हामीलाई छानीछानी महिनैपिच्छे नयाँ-नयाँ मन्त्री ? एक महिनामा एउटा मन्त्रीले परिवर्तन गर्न सक्ने भनेको उही आफ्नो नयाँ टाई र कोट मात्र हो !’

उनले शासन व्यवस्थाको मूल शैली नबदली गरिने मन्त्री फेरबदलले नागरिकको जीवनमा कुनै तात्त्विक फरक उल्लेख  गरिन्।

प्रकाशित: २५ भाद्र २०८३ २२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App