२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेपालगन्जमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगजनी

जेन–जी समर्थकको प्रदर्शनका कारण नेपालगन्जको अवस्था तनावग्रस्त बनेको छ । जेन–जी समर्थक युवाहरू सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

कार्यालयभित्र राखिएका कुर्सी, टेबुल तथा फर्निचरका सामाग्री बाहिर ल्याएर आगजनी गरेका हुन् । प्रदर्शनकारीले नेपालगन्जको बिपी चोक, पुष्पलाल चोक लगायत क्षेत्रमा पनि आगजनी गरेका छन् । नेपालगन्जको पुष्पलाल चोकमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेको बताइएको छ । प्रदर्शनकारीले कहाँ कहाँ क्षति पुर्‍याएका छन्, त्यसको विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । 

नेपालगन्जस्थित नेकपा एमाले र कांग्रेस बाँकेको कार्यालयमा गरिएको आगजनी ।

प्रकाशित: २४ भाद्र २०८२ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App