३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड गरेको होइन: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड नगरेको बताएका छन‍् ।  

निजी क्षेत्रसँगको बुधबारको छलफलमा प्रधानमन्त्री बालेनले सरकारको नीति उद्योगीलाई धरपकड गर्ने नरहेको पनि बताए । उनले भने, ‘सरकारको नीति उद्योगी व्यवसायीलाई धरपकड गर्ने होइन । तर अपराध नै भएको भए त अनुसन्धानको दायरामा ल्याउनै पर्‍यो।’

सरकार निजी क्षेत्रलाई हतोत्साहित गर्ने मनस्थितिमा कहिल्यै नरहेको पनि बताए । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री बालेनले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

निक्कै लामो समयसम्म छलफलमा जुटेका प्रधानमन्त्रीले मिहिनरुपमा व्यवसायीका समस्या र समाधानका उपाय सोधेको छलफलमा सहभागी एक उद्योगीले बताए । उनले भने, ‘प्रधानमन्त्री उत्सुक भएर सहभागिता  जनाउनुभयो । साना कुरालाई पनि प्रश्नोत्तरको विषय बनाउनुभयो । हामीलाई राम्रो लाग्यो । आज प्रधानमन्त्रीसँगको भेटपछि हामी धेरै उत्साहित भएका छौँ ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।  

प्रकाशित: २४ असार २०८३ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App