सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसँगै संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकता, सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवर्धन गर्दै आर्थिक समानता र समृद्धिमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र समृद्ध समाज निर्माणका लागि सम्पूर्ण नेपालीले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा प्रदेश प्रमुख मियाँले जोड दिएका छन्।
प्रकाशित: ३ आश्विन २०८३ ०८:०४ शनिबार





