१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आजपाका उम्मेदवार पौडेलले एमालेका पोखरेललाई सघाउने

आम जनता पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेकी छन्।

समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उनका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरेकी हुन्।

उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरिन्।

प्रकाशित: १५ फाल्गुन २०८२ १८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App