१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनपछि जननिर्वाचित सरकार ढलेर अराजक सरकार बन्यो : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनपछि देशमा विधिको शासन कमजोर भई अराजक सरकार गठन भएको आरोप लगाएका छन्। 

एमालेको ११ औँ महाधिवेशनमा सम्बोधन गर्दै ज्ञवालीले पछिल्ला केही महिनामा देशले अकल्पनीय राजनीतिक संकट भोगेको र तीन महिनाअघि कसैले नसोचेको राजनीतिक विनाश देशले सहनु परेको बताएका छन्।

‘जननिर्वाचित सरकार ढल्यो, प्रतिनिधिसभा विघटन भयो। नेपालले युद्ध नझेलेको भए पनि अकल्पनीय विनाशकारी परिस्थितिहरू सिर्जना भए,’ ज्ञवालीले भने।

ज्ञवालीले जेनजी आन्दोलनपछि विधिको शासन धराशायी भएको र त्यसकै परिणामस्वरूप अराजक सरकार बनेको दाबी गर्दै एमाले समाप्त भइसक्यो भन्ने प्रचार गरिए पनि पार्टी पुनः बलियो र सङ्गठित भएर उभिएको बताए।

प्रकाशित: २७ मंसिर २०८२ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App