नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थल नजिक जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयासको निन्दा गरेका छन्। युवा संघको कोशी प्रदेश जागरण सभामा सहभागी हुन इटहरी जाँदै गर्दा यो घटना भएको हो।
नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।’
उनले अगाडि लेखेका छन्, ‘प्रहरीको तत्परताप्रति धन्यवाद। हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ। अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।’
प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
यो पनि पढ्नुहोस्
विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो, दुईजना पक्राउ
उनले लेखेका छन्
विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।
प्रहरीको तत्परताप्रति धन्यवाद।
हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ।
अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।
बाधाका बिच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।
प्रकाशित: ७ मंसिर २०८२ १२:१८ आइतबार





