१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो, दुईजना पक्राउ

नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास भएको छ। बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयास गरेका हुन्।

बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा ती युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन्। 

उनीहरूलाई पक्राउ गरिएको माेरङ प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा पक्राउ पर्नेमा विराटनगर-२ बस्ने १९ वर्षीय अर्पित कुवँर र विराटनगर-१ का २५ संजाेग गाैतम रहेका छन‍्। 

बस्नेत इटहरीमा आयाेजित युवा संघकाे जनजागरण अभियानमा सहभागी हुन श्री एयरकाे जहाजमार्फत १०:५० बजेकाे उडानमा बस्नेत इटहरी आएका थिए। अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन्। सुरक्षा व्यवस्था कडा पारिएकाे छ।

प्रकाशित: ७ मंसिर २०८२ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App