२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

अमेरिका पुगेर शाहीले भने : सानै उमेरदेखि व्यावहारिक सीप सिक्न थाल्नुहोस्

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही हाल अमेरिका भ्रमणमा व्यस्त छन्। त्यहाँ उनले युवा प्रविधि नेताहरूसँग छलफल गरेका छन्। 

उनले लेखेका छन्, ‘नेपालको सांसदको रूपमा, मैले किन्डकोड युएसएमा युवा प्रविधि नेताहरूसँग प्रेरणादायक संवाद गरेको छु। हामीले नेपाल र अमेरिका शिक्षा प्रणालीको भिन्नता र प्रविधि शिक्षाको अपार सम्भाव्यता बारे छलफल गर्‍यौँ।’ 

उनले यो भेटलाई महत्त्वपूर्ण सिकाइको अनुभव बताउँदै नेपालीहरूलाई सानै उमेरदेखि व्यावहारिक सीप सिक्न सुझाव दिएका छन्।

उनले अगाडि लेखेका छन्, ‘यो एक महत्त्वपूर्ण सिकाइको अनुभव रह्यो, र म यो सन्देश सम्पूर्ण नेपालीहरूलाई पुर्‍याउन चाहन्छु: शैक्षिक अध्ययनसँगै, सानै उमेरदेखि व्यावहारिक सीप सिक्न थाल्नुहोस्।’ 

प्रकाशित: ३१ श्रावण २०८२ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App