१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महाधिवेशनको मतदान छुटेपछि घनश्याम कोइरालाले भनेः लज्जित छु

नेकपा एमाले को ११ औं महाधिवेशनमा  निर्वाचन प्रक्रियामा सहभागी हुन नपाएका नेता घनश्याम कोइरालाले सार्वजनिक रूपमा आत्मालोचना गरेका छन्। मतदानको समय र प्रक्रियामा ढिलाइ हुँदा आफू समयमै पुग्न नसकेको स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा आत्मालोचना गरेका छन् ।

‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ । बिहानै पुग्दापुग्दै ढिलो भयो । मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ । भएको यही हो । गल्ती भएकै हो । लज्जित र आत्मालोचित छु।’ सामाजिक सञ्जालमा लेखेका छन् । एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि भएको विद्युतीय मतदान प्रक्रियामा ३६ प्रतिनिधिहरू  मतदानबाट वञ्चित भएका थिए। 

प्रकाशित: ३ पुस २०८२ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App