राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटपछि अबको संवाद अन्य नयाँ शक्तिहरूसँग केन्द्रित हुने बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ र वर्तमान सरकारका उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि सहकार्यका लागि छलफल अघि बढाउने बताएका हुन्।
लामिछानेले अब परिवर्तनका पक्षधरहरू एकै ठाउँमा उभिनुपर्ने बताए। ‘हामी सबै परिवर्तन चाहने शक्तिहरू संवाद गरेर एक ठाउँमा आउनुपर्छ,’ लामिछानेले भने, ‘सुदन गुरुङजीसँग कुराकानी भइरहेको छ, अब समय मिलाएर उर्जामन्त्री कुलमानजीसँग पनि गम्भीर छलफल गर्छौं।’
यसअघि सोमबार राति रवि र बालेनबीच काठमाडौंको कमलपोखरीमा ६ घण्टा लामो छलफल भएको थियो। उक्त छलफलमा राजनीतिक सहकार्यको खाका कोर्ने प्रारम्भिक प्रयास भएको बुझिएको छ।
यो पनि पढ्नुहोस्
बालेनलाई प्रधानमन्त्रीको अफरबारे रवि- ‘त्यो चरणमै पुगेका छैनौं, ‘स्वाद’ अनुसारको हल्ला होप्रकाशित: ८ पुस २०८२ १६:१४ मंगलबार





