२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

एमालेका सांसदले सभामुखलाई ‘कान सुन्नु हुन्छ की हुँदैन’ भन्दै प्रश्न गरेपछि...

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्न हुन्छ कि हुदैन’ भन्ने प्रश्न गरेसगैं आजको बैठक स्थगित भएको छ।  

बैठकका क्रममा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, “सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्नुपर्‍यो। तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई मेरो यो निवेदन हो,’ भन्ने अभिव्यक्ति दिएका थिए। 

राईले उक्त अभिव्यक्ति दिएपछि सभामुखले रुलिङ गर्दै भने, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुस्। माननीय सदस्यलाई योभन्दा अगाडि बढ्न म समय दिन्नँ। बस्नुस्। माननीय सदस्य, तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ। सभाको समेत अपहेलना गर्दै हुनुहुन्छ। त्यसैले बस्नुस्।’ उनले भने। 

सभामुखले बोल्न नदिएपछि एमाले सांसदहरूले बैठकमै विरोध जनाएका थिए। उनीहरूले सभामुखको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै निरन्तर आपत्ति जनाएका थिए।  

अन्त्यमा राईले पुनः बोल्ने क्रममा सभामुखलाई भने, ‘बोलिरहँदा तपाईले जे व्यवहार गर्नु भयो नि, तपाईले पाँच वर्ष सरकार चलाउन सक्नु हुदैन।’ मैले बुझिसके, मैले तपाईको खुट्टी हेरीसके ।’ किन हेरे भने केहि कुरा भन्दै छ भने कुरा सुन्नु पर्यो की परेन ?  

उनले पछिल्लो पटक दिएको अभिव्यक्ति पछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। 

प्रकाशित: २४ असार २०८३ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App