१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कसलाई मतदान गर्ने भन्ने प्रश्न सोधे कारबाही गरिने

मोरङमा कसलाई मतदान गर्ने ? भन्ने प्रश्न गर्न स्थानिय निर्वाचन अयोगले रोक लगाएको छ ।  मंगलबार मोरङको निार्वचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले सूचनामार्फत मतदाताको गोपनियता भंग गर्ने गरी  प्रश्न गर्न नपाईने जनाएको हो  ।  

कार्यालयले जारी गरेको सूचनामा फेसबुक युट्युवलगायत सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाई सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूलाई कुन दल, उम्मेदवार र चुनाव चिन्हमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनियता भंग गर्ने कार्य गरिरहेको जानकारी आएको उल्लेख छ ।

सूचना प्रकाशित भएपछि कोही कसैबाट यस प्रकारको कार्य भए प्रचलित कानुन अनुसार कारबाही गरिने मोरङका आचारसहिंता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । उक्त कार्य निर्वाचन आचारसहिंता २०८२ को दफा ४ (द) बमोजिम आचारसहिंता उलंघनको कार्य  भएको जारी  सूचनामा उल्लेख छ ।  

प्रकाशित: २० माघ २०८२ २०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App