२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

मानव बेचविखनमा संलग्नलाई कारबाही होस : इन्दिरा राना मगर

मंगलबार प्रतिनिधिसभामा रास्वपा सांसद इन्दिरा राना मगरले आफूले विगतदेखि मानवअधिकार र बालअधिकारको पक्षमा आवाज उठाउँदै आएको बताउँदै मानव बेचविखनमा संलग्न माथि सरकारले  कारबाही गर्नुपर्ने बताएकी छिन्। 

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १९९० सालदेखि गोलघरमा राखेर यातना दिइएका पीडितहरूको पक्षमा आफूले आवाज उठाएको बताउँदै अन्धकारपूर्ण अवस्थाबाट बालबालिकालाई उद्धार गर्ने कार्यमा समेत आफू संलग्न र पछिल्लो समय प्रतिपक्षी दलबाट आफूलाई मानव बेचविखनमा संलग्न भएको आरोप लगाएको भन्दै आक्रोस व्यक्त गरेकी हुन्।  

मानव बेचविखनमा संलग्न अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही गरी देशमा सुशासन कायम गर्न सरकारले तत्परता देखाउनु पर्ने बताएकी हुन्।  

सांसद राना मगरले विगतमा पनि आफूले मानवअधिकारको पक्षमा निरन्तर वकालत गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताएकी छिन्।   

प्रकाशित: १२ जेष्ठ २०८३ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App