२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

निश्कलको प्रश्न : गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र र प्रधानमन्त्री एकै होइन र ?

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह निरंकुश शैलीमा अघि बढिरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्दै प्रश्न गरे।

उनले भने,‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ।’

अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलन गरेका जेनजीहरूले अहिले सरकारबाटै लाठी खानुपरेको बताउँदै उनले भने,‘‘जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, आज त्यही जेनजी आफ्नै रोजेको सरकारको लाठी खाइरहेको छ। जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न बर्जित भोग्नुपरेको छ। प्रश्न बर्जित हुन थालेको छ। सरकार निरंकुश बन्दै गएको छ।’

प्रकाशित: ३० असार २०८३ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App