coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

४ दशकदेखि लालपुर्जाबिहीन डढीहवा गाउँ: लालपुर्जाको लिखित प्रतिबद्धता गर्नेलाई भोट

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित धनकालीको डढीहवा गाउँमा सुकुम्बासीहरुले लालपुर्जाको लागि लिखिति प्रतिबद्धता गर्नेलाई  मत हाल्ने बताएका छन्। २०३६ सालदेखि बसोबास गर्दै आएका त्यहा ३० परिवार सुकुम्बासी छन्।

पंचायतीकालदेखि नै जग्गाधनीको प्रमाण पत्र पाउने आशमा चुनावमा मत हाल्दै आएका स्थानीय ६३  वर्षे दशरत थारुले अहिले सम्म पुर्जाबिहीन भएको गुनासो गरे। ‘लालपुर्जा पाउने आशमा २०३६ सालदेखि नै चुनावमा मत हाल्दै आयौ तर अहिलेसम्म कसैले हाम्रो समस्या समाधान गरेका छैनन’ निराश हुदै उनले भने ‘अब त लालपुर्जा नपाई मर्छु जस्तो लाग्छ’।  

प्रदेश र प्रतिनिधिसभामा यस पटक पनि उम्मेदवारहरुले लालपुर्जा बनाई दिन्छौ भन्दै भोट माग्न आउने गरेको दशरतले बताए। निर्वाचन सकिए पछि नेताहरु मुख देखाउन पनि नआउने उनले गुनासो गरे। ‘ लालपुर्जाको आश गर्दा गर्दै ४ दशक वित्यो उनले भने अझ पनि आश मरेको छैन्, आफू बसेको र खेतीपाती गर्ने जग्गाको निक्कै माया लाग्छ’ उनले भने ‘त्यही भएर परिवारकै सदस्य जस्तो स्याहार सुसार गरेर बसेको छु।’ तर लालपुर्जा पाउन नसक्दाको पिडा कसलाई सुनाउ’ उनले भने लालपुर्जाको लागि धाउदा धाउदा पुरै जवानी वित्यो।

उनी जस्तै ६१ वर्षे रत्तीराम थारुले लालपुर्जाका लागि धाउदा धाउदा खुट्टा खिइसके। ‘ठाउ ठाउमा पटक पटक अनुनय विनय र नेताका आश्वासन कामै लागेन्’ उनले भने शास छउन्जेल आश गरेर बसेको छु’। हुन्न पनि भन्दैनन्’ उनले भने कर्म खोटो रैछ गरिब विपन्नलाई भगवानले पनि दया नगर्दा दिक्कै मानेर बसेका छौं।

सदरमुकाम तौलिहवा नजिक रामघाट पारी रहेको ढडिहवा गाउका नागरिक लालपुर्जाबिहिन छन्। उनीहरु त्यहा ०३६ साल देखि बस्दै आएका छन्। ३० घरको गाउमा अहिले मत माग्न आउने उम्मेदवारहरुको घुइचो हुन्छ। ‘स्थानीय तह निर्वाचनका बेला पनि दिन विराएर दलहरु मत माग्न आउने गरेका थिए’ सिताराम थारुले भने ‘चुनाव सकिएको छ दलका नेताहरुले हाम्रो समस्या पनि बिर्सने गरेका छन’। ‘सबै जास नेताले गाउलेल आश्वास दिए, चुनाव सकिएसंगै संगै भुले’। ‘नेताहरुले आफनो स्वर्थ पुरा गर्छन्’ उनले भने जितेर गएर पछि गाउमा गरेको प्रतिबद्धता भुल्छन्,  टेक्न पनि कोही आउदैनन्’ उनले भन। त्यही भएर गाउँ निक्कै पछि परेको छ। दैनिक ज्याला मजदुरी नगरि कसैलाई खान पुग्दैन्। त्यत्ती मात्र होइले अरुका खेत अधियामा गरेका छन्। आफ्नो जग्गा मात्रले त ३ महिना पनि हातमुख जोर्न पुग्दैन्।  

थारु समुदायको बाहुल्यता रहेको गाउमा एक घर केवट र एक घर मुस्लिम छन्। ८ जनाको परिवार भएका लग्गन थारुले भने ‘आफूसंग भएको ५ कठ्ठा खेतले त ४ महिना मुखमा माड लगाउन पुग्दैैन्’  छोराहरु खासै पढेका छैनन्, रोजगारी पनि छैन् त्यही भएर १५ कठ्ठा खेत अधिया लिएर गर्छु। यसको उब्जनीले चुलोचौको र नुनतेल चलाउछु। गाउका सबैले ८ देखि ११÷१२ कठ्ठा जग्गा ओगटेर उपयोग गरेका छन्। गाउमा ५÷७ जना बाहेक सबै अशिक्षित छन्। ज्यालामजदुरी नै उनीहरुको घरगर्जो टार्ने माध्यम हो। खेती गर्नेले पनि राम्ररी खेती गर्न पाउदैनन्। सिंचाई सुविधा छैन्। आकाशे पानीको भरमा गर्नु पर्दा कहिले खेतीपाती राम्ररी हुन्छ कहिले हुदैन्। खानेपानीको पनि राम्रो सुविधा छैन्। २० वर्ष अघि फिनिडाले गाडेको २ वटा ह्याण्ड पम्पले पुरै गाउले पानी पिउछन्।  

गाउमा वर्षेनी बाढी पसेर क्षती पु¥याउदै आएको छ। रामघाटको पानी घोरई नाला हँुदै वर्षामा गाउँमा पसेर दुःख दिन्छ। ‘संसदीय र स्थानीय तह चुनाव आउना साथ गाउगाउमा विकास र बाटोघाट बनाउने प्रतिबद्धता गर्दै उम्मेदवार आउछन्’ गृहणी राधिका थारुले भनिन् ‘चुनाव सकिएसंगै उनीहरु भनेको कुरा सबै भुल्छन्’। लालपुर्जा नहुदा गाउले निक्कै दुःख कष्ट व्यहोर्नु परेको छ। ‘ केही व्यापार व्यवसाय गर्न पनि ऋण गर्जौ पाउन सकिन्न’ उनले भनिन् शिप र जागर भएका युवा युवती त्यसै बेरोजगार बस्नु परेको छ।  

‘लालपुर्जा दिन भनेर ३ पटक नापी भयो’  गाउका अगुवा रत्तीराम थारुले भने ‘तर गाउलेको भाग्यमै नहुदा पाउन सकेनन्’। ‘एक पटक आज पाइन्छ भोली पाइन्छ भन्दा भन्दै सरकार खस्यो’ उनले भने ‘अर्को पटक पनि आजभोलीमै वितरण हुने चाजोपाजो मिलाउदा मिलाउदै सुकुम्बासी समस्या समाधान आयोग नै विघटन भयो। ०३८ सालदेखि लालपुर्जा दिलाउछौ भन्दै आएका नेता फेरी गाउमा मत माग्दै आउन थालेका छन्। ‘अब कसरी विश्वास गर्ने उनले भने ‘अब भने लिखित प्रतिबद्धता लिन्छौ अनी मात्र मत दिन्छौं। गाउलेले ०३९, ०४३, ०४९ र ०५४ को स्थानीय निर्वाचनमा लालपुर्जाकै आसमा मतदान गरेका थिए। त्यस्तै ७ पटक बढी संसदीय र ५ स्थानीय पटक निर्वाचनमा पनि मतदान गरे।

उता बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले ढडीहवाका सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको बताए। उता कांग्रेसका प्रतिनिधिसभाका क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले यस पटक आफुले उनीहरुलाई लालपुर्जा दिलाएरै छाडने प्रतिबद्धता ब्यक्त गरे। नयाँ सरकार गठन पछि यथासक्य लालपुर्जा वितरण प्रकुया अघि बढाइने उनले बताए।  

प्रकाशित: १ मंसिर २०७९ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App