१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नुहोस्ः खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन्।

बुधवार नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक ढंगले अगाडी बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन्। 

उनले मतदाताहरुलाई दूरदृष्टि राखेर सुखद् भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न आग्रह गरे। उनले निर्वाचनपछि पछुताउनु भन्दा निर्वाचनपूर्व नै विचार पुर्‍याउनुपर्ने बताए। पूर्वअध्यक्ष रेग्मीले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए। 

उनले भने  ‘हामी निर्वाचनको मुखमा छौँ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नुपर्ने हुन्छ। उम्मेदवार उठेका छन्। दलहरुले उठाएका छन्। अब गहन जिम्मेवारी जनताको हातमा आएको छ। त्यसैले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक तवरले अगाडी बढाउनसक्ने उम्मेदवारको पहिचान गरेर र दूरदृष्टि राखि सुखद् भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्नु सम्पूर्ण मतदाताहरुलाई म आह्वान गर्न चाहन्छु। पछि पछुताउनुको कुनै अर्थ रहँदैन। विचार पुर्‍याउने अहिले नै हो भन्ने मेरो आग्रह छ।’

प्रकाशित: २३ कार्तिक २०७९ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App