१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रुपन्देही-२ मा एमालेका पौडेलेको प्रतिबद्धता: समग्र रुपन्देहीलाई विकासको रोल मोडल बनाउने

नेकपा एमाले,राप्रपा र जसपाले  सोमबार रुपन्देही क्षेत्र नं. २ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।  क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार एमालेका बिष्णु पौडेलले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफनो क्षेत्रलाई मात्रै नभइ समग्र रुपन्देहीलाइ विकासको रोलमोडल बनाउने बताए। उनले शिक्षा,स्वास्थ्य , रोजगारी,पर्यटन र पूर्वधार विकास गर्दै समुन्नत आर्थीक केन्द्र बनाउने प्रतिबद्धता जनाएका हुन्।

पौडेलको प्रतिबद्धतापत्रमा ड्रिम प्रोजेक्टका रुपमा कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने भनिएको छ। सिँचाइ, जलविद्युत्, पर्यटन र खानेपानीका लागि महत्वपुर्ण भएकाले आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाउने उल्लेख गरीएको छ। यो आयोजना प्रदेश सरकार बीच विवादित बनेको छ।  

गण्डकी प्रदेशमा सरकारले काली गण्डकी तिनाउ बहुउदेश्यीय आयोजना अगाडि बढाउदाँ आफ्नो क्षेत्रका धेरै भु भागमा पानीको स्रोत सुक्ने भन्दै  आयोजना  रोक्नु पर्ने  माग यसअघि नै उठाएका छन। गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा संगै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाउने,समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट,रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेरबृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।  

बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका सहरहरूलाई उच्चस्तरीय सडक सञ्जाल र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने भनिएको छ। पूर्व–पश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माण गर्नेर पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गर्ने जनाइएको छ। पुरानो बटौली बजारलाई  प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

नुवाकोट,बसन्तपुर  क्षेत्रलाइ हिल स्टेसन बनाउने,बुटवलको अमपथ,पुल्चोक,गोलपार्क,ट्राफिकचोक क्षेत्रमा भुमिगत पार्कीङको व्यवस्था गर्ने भनिएको छ। प्रतिनिधिसभा उम्मेदवार पौडेल संगै प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व गृहमन्त्री निरन्जन थापा लगायतले संयुझ रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

२०६४ यताका तीन वटा निर्वाचनमा ह्याट्रिक गरेका पौडेलका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थनमा जनमुक्ती पार्टीमा केशव थापा हुन्। प्रदेशसभा तर्फ एमालेबाटै  क मा लिला गिरी र ख मा भोज प्रसाद श्रेष्ठ उम्मेदवार छन्। यी दुबै जनाले २०७४ को  निर्वाचन जितेका थिए। सत्ता गठबन्धनको तर्फबाट  गिरी सँग नेपाली काँग्रेसका दिर्ध बहादुर के सी(कुमार )र श्रेष्ठसँग माओवादी केन्द्रमा बामदेव श्रेत्री मुख्य प्रतिस्पर्धामा छन्।  

प्रकाशित: २० कार्तिक २०७९ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App