८ वैशाख २०८१ शनिबार
राजनीति

सबैको सहयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनः आयुक्त जबरा

निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले आगामि मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।  

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा निर्वाचन सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।  

‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, आयुक्त जबराले भने,‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरुको हातोमालो जरुरी छ।’  

विगतको निर्वाचनहरुभन्दा अहिलेको निर्वाचनमा आचारसंहिता उल्लङ्घनमा कमी आएकोप्रति आयोग सन्तुष्ट रहेको उल्लेख गर्नुहुँदै उनले आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन समितिहरु बनाएर निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको बताए।  

निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरुको खर्च सीमा तोकेको स्पष्ट पार्नुहुँदै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरुमाथि आयोगले कारबाही गरेको बताए।  

प्रकाशित: १९ कार्तिक २०७९ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App