१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आएः आयुक्त भण्डारी

निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताएका छन्। 

सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले आयोगमा सोसम्बन्धि १५० वटा उजुरी रहेको र करिव ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारेका हुन्। निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरुमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताए। उनले भने, ‘निर्वाचन आचारसंहीतामा धेरै उजुरीहरु परे, निर्वाचनको सन्दर्भमा आचारसंहीता उल्लंघन भइरहेको छ भन्ने छ। हामीले तुलनात्मक रुपमा विगतका निर्वाचन र अहिले भइरहेको र गत स्थानीय तहको निर्वाचन, तीन वटै निर्वाचनलाई समष्टिगत मूल्यांकन गरी हेरेका छौँ। तुलनात्मक रुपमा भन्नुपर्दा यो भन्दा अघिका निर्वाचनमा जुन अनुपातमा आचारसंहीता उल्लंघन हुन्थ्यो। 

सो अनुपातमा अहिलेको निर्वाचनमा आचारसंहीता उल्लंघनको घटना कम भन्ने आयोगको रेकर्डमा देखिन्छन्। किन भयो भने शुरुदेखि नै आचारसंहीताको विषयमा आयोग र दल संयुक्त रुपमा छलफल गर्दा कडाईका साथ आचारसंहीता परिपालन गर्नुपर्छ भनेर राजनीतिक दलहरुबाट पनि सुझाव आए। त्यो सुझावलाई कार्यान्वयन गर्न हामी पनि कडाईका साथ प्रस्तुत हुन्छौँ है भनेर आयोगले पनि प्रतिवद्धता जनाएको अवस्था हो। अहिले त्यो हुँदाहुँदै पनि १५० भन्दा बढी उजुरीहरु छन्, आचारसंहीता उल्लंघन भएका। कतिपय उजुरीहरु सत्यतामा आधारित छन्। कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने प्रयोजनका लागि झुटा विवरणका उजुरीहरु पनि छन्। त्यसो भएकाले आयोगले ती उजुरीहरु उपर पहिला के हो तपाईको तथ्यगत भनाइ भनेर उहाँलाई आफ्नो स्पष्टीकरण पेस गर्ने मौका दिएको हो। हामी त्यसलाई मात्रै प्रमाण राखेर हेर्दैनौँ। हामी मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा र प्रमुख जिल्ला अधिकारीको सहसंयोजकत्वमा अनुगमन अधिकारीहरु सम्बन्धित निर्वाचन क्षेत्रमा हुनुहुन्छ। सबै निर्वाचन अधिकृतहरु अनुगमन अधिकारी हो। अनसगमनको सवालमा तपाईहरु अलि कडाईका साथ पेस हुनुस्, ताकि यो निर्वाचन भनेको आचारसंहीत कसैले पनि उल्लंघन नगरीकन सीमारेखा भित्र रहेर निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्नुस्, ताकि त्यसको परिणामा सबै जनताले सहजता स्वीकार्न सकुन् भनेर हामीले शुरुदेखि नै निर्देशन दिँदै आइरहेका छौँ। 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ। आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको बताए।

प्रकाशित: १४ कार्तिक २०७९ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App