३ असार २०८१ सोमबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकले आइतबार प्रथम न्युटन एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

बालुवाटारस्थित आयोजक न्युटन हाईस्कुलको कोर्टमा भएको प्रतियोगितामा ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भएका हुन्। ब्वाइज फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८-१२ ले पराजित गर्‍यो। ग्रिनल्यान्डका सुरेश बिसीले ८ अंक जोडे।

गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १८-१६ ले हरायो। भ्याली पब्लिककी एन्जल गुप्ताले ७ स्कोर गरिन्। दुवै समूहमा पहिलो हुनेले १० हजार र दोस्रोले ५ हजार नगद पुरस्कार हात पारे।

उपाधि विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पनि पाए। उपाधि विजेताबाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि फरकफरक प्रतिशतमा छात्रवृत्तिको अवसर दिइएको छ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुरेश र एन्जल आआफ्ना विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंले पुरस्कृत गरे।

प्रकाशित: १४ जेष्ठ २०८१ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App