३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

फार्महाउस होटल र प्रभु बैंकबीच सम्झौता

आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीमाझ लोकप्रिय गन्तव्य, हिमालपारिको जिल्ला मनाङमा रहेको फार्म हाउस होटल र प्रभु बैंकबीच व्यावसायिक सम्झौता भएको छ।  

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड-क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवामा विशेष छुट पाउनेछन्।

फार्म हाउस होटल तर्फबाट प्रोपराइटर समराज गुरुङ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: १४ जेष्ठ २०८१ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App