१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीसँग नैतिकता नै छैन: भुसाल

फाइल तस्बिर।

नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्।.

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो। आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर समेत गरे। सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे।  

‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो। उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन। यी पार्टीका पनि कमिला बराबर नै हुन। यी जनता भनेका, अरु पार्टी भनेका काँग्रेस भनेका यी छिचिमिरा हुन्’ उनले भने, ‘उहाँले संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि ओलीजीको समस्या एमालेले त व्यहोरेको थियो थियो।’  

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए। त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीर समेत गरे।

प्रकाशित: १३ कार्तिक २०७९ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App