१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले गण्डकीको पुरानै प्रतिबद्धता

२५ वर्षमा समृद्ध प्रदेश, सुखी नागरिक

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले गण्डकीका नेताहरु। तस्बिर: सन्देश/नागरिक

नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको हो।

पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को नारा पुनः दोहो¥याएको छ। साथै त्यसका लागि अगाडि सारिएका नीति तथा कार्यक्रमहरुपनि पुरानै दोहोरिएका छन।

एमाले गण्डकीले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्नका लागि प्रदेशका नागरिकलाई सक्षम बनाउँदै समावेशी समाज र सबल अर्थतन्त्र निर्माण गर्ने जनाएको छ। उसले सशक्त नागरिक निर्माणका लागि जीवनयापन सहज, स्वस्थ नागरिक, ज्ञान, सीप र आधारभुत शिक्षामा जोड दिएको छ। त्यस्तै, सबल अर्थतन्त्र निर्माणका लागि गुणस्तरीय तथा दिगो पूर्वाधार निर्माण गर्दे बजारमा पहुँच निर्माण गर्ने, लगानीमैत्री वातारण बनाउने तथा व्यापार व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

एमाले गण्डकीले गठबन्धन सरकार आएपछि विकासका काम अबरुद्ध भएको आरोप लगाउँदै अब एमालेको सरकार बनाएर अबरुद्ध विकासका कामलाई ट्रयाकमा ल्याई ‘समृद्ध प्रदेश, सुखी नागरिक’को प्रादेशिक लक्ष्य केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताएको छ। उसले सामाजिक, आर्थिक रुपान्तरणका कार्यमा सरकारलाई पूर्ण जिम्मेवार बनाउने, उपलब्ध श्रोत, साधनका आधारमा योजनाबद्ध रुपमा आयोजनाको पहिचान, प्राथमिकीकरण तथा छनौट गरी कार्यान्वयन गर्ने जनाएको छ।

राजश्व संकलन र श्रोत वृद्धिका लागि सामान्यीकरण अनुदान र राजश्व बाँडफाँड अन्तर्गत संघले प्रदान गर्ने जलविद्युत, पर्वतारोहण, वन, पानी तथा अन्य प्राकृतिक श्रोतबाट प्राप्त हुने रोयल्टी प्रदेश तथा स्थानीय तहलाई समुचित वितरण गर्न संघ सरकारसँग समन्वय गर्ने तथा राष्ट्रिय योजना आयोग तथा संघीय मन्त्रालयहरुबाट प्राप्त हुने समपूरक, विशेष र सशर्तका अनुदान बृद्धिका लागि पहल गर्ने एमालेले जनाएको छ।

त्यस्तै, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रबाट प्राप्त हुने पर्यटन राजस्वको २५ प्रतिशत सम्बन्धित पालिका र प्रदेशलाई २५ प्रतिशत प्राप्त हुने व्यवस्थाका लागि पहल गर्ने, उर्जा, ढुंगा, गिट्टी, बालुवालगायतका खानी तथा खनिज, उद्योग, यातायात र कृषि क्षेत्रमा लगानी अभिबृद्धि गरी प्रदेशको आयश्रोत तथा राजश्वमा बृद्धि गर्ने योजना एमालेको छ।

एमाले गण्डकीले सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको सम्भावनाको आधारमा पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धन गर्ने, मुख्य पर्यटकीय गन्तव्यमा र होम–स्टे भएका गाउँहरुमा पुग्न पूर्वाधार निर्माण गर्ने, होम–स्टेहरुलाई संस्कृति संरक्षण, स्थानिय उत्पदानको खपत गर्ने तथा आय तथा रोजगारी बृद्धि गर्ने माध्यमका रुपमा विकास गर्नेलगायतका प्रतिबद्धता जनाएको छ।

एमाले गण्डकीले प्रदेशको राजधानी पोखरामा हुने पर्यटकीय गतिविधि बृद्धि गर्नका लागि सभा, सेमिनार, सम्मेलन र प्रदेर्शनी गर्न उपयुक्त हुनेगरी पोखरा महानगरपालिका भित्र एक अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र तथा सभाहल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। उसउले पोखरामा रहेका तालहरुलाई सौन्दर्यकरण गर्ने, ताल क्षेत्रहरुलाई अन्र्तराष्ट्रिय स्तरको पर्यटकीय लेकसिटीको रुपमा विकास गर्ने, पोखरामा उपलब्ध हुने पर्यटकीय सेवाको न्यूनतम मापदण्ड निर्माण गर्ने, पोखरा सिटीमा पर्यटकी लक्षित गरेर पर्यटकीय बस सञ्चालन गर्ने, फेवाताल, बेगनास ताललगायतका तालहरुमा साईकल ट्रयाक र फुटट्रयाक निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

एमाले गण्डकीले धवलागिरी हिमालमा सूर्योदलय र अन्नपूर्ण हिमालमा सूर्यास्तको दृश्यावलोकन गर्ने केन्द्रका रुपमा विकास गर्ने बताएको छ। पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल, रत्न मन्दिर तथा हिमागृह, साल्मेडाँडाको गोरखा स्मारक, पुम्दीकोटको महादेव स्थान, काहुँडाँडको धर्मकाया बुद्ध मण्डला, गुरुङ जातिको आदिम थलो क्होँलासोंथर, मादी गाउँपालिकाको कोरी ठुलेकलाई प्रदेशको विशेष पर्यटकीय गन्तव्इको रुपमा संरक्षण, विकास र प्रवद्र्धन गर्ने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ।

कृषितर्फ एमाले गण्डकीले कृषक वर्गीकरण गरेर कृषि उत्पादनका अनुपातमा प्रोत्साहन अनुदान दिने व्यवस्थाका थर्ने, कृषक तथा फार्महरुलाई कृषि अनुसन्धानको ज्ञान, प्रविधि र उपकरण उपलब्ध गराउने, कृषि पकेट क्षेत्र तथा व्लकहरु बिस्तार तथा विकास गर्ने, जलवायु अनुकुलित प्रविधिको प्रयोग, विकास तथा बिस्तार गरी कृषकको आय तथा रोजगारी बृद्धि गर्ने, प्रत्येक वडामा कोल्ड रुम स्थापना, पढ्दै कमाउँदै गर्न चाहने विद्यार्थी तथा विद्यालयहरुलाई कृषि अनुदान प्रदान गर्ने, ५ वर्षमा स्याउ र सुन्तलाको उत्पादन दोब्बर बनाउने लक्ष्य बोक्दै एमालेले त्यसका लागि स्याउ र सुन्तला खेती बिस्तार गर्ने योजना अघि सारेको छ।  

एमाले गण्डकीले प्रदेशमा उत्पादित वस्तु निर्यातमा प्रवद्र्धन गर्न पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल हाताभित्र अत्याधुनिक कार्गो सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने, कृषि प्रशोधन उद्योग स्थापना र सञ्चालन गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने, भूमि बैंक स्थापना गर्ने, टार, बेंशी तथा समथर क्षेत्रमा जमिनको चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

एमाले गण्डकीले पाँच वर्षअघि घोषणा गरेको औद्योगिक ग्राम र औद्योगिक क्षेत्र निर्माणको कामलाई पुनः प्रतिबद्धता जनाएको छ । उसले प्रत्येक स्थानिय तहमा औद्योगिक ग्राम र कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने प्रतिबद्धता दोहो¥याएको हो। नवलपुरको धौवादी र पर्वतको फलाम खानी सञ्चालन गर्न सहयोग र लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धतापनि एमाले गण्डकीले दोहो¥याएको छ।

एमाले गण्डकीले लामा दुरीलाई छोट्याउन सुरुङ मार्ग निर्माण गर्ने महत्वकांक्षी योजनापनि अघि सारेको छ। प्रदेशको उत्तरी कोरला नाका र दक्षिणी त्रिवेणी नाकालाई व्यवस्थित गर्दै ती क्षेत्रलाई सहरीकरण गर्ने योजना रहेको जनाएको छ।

एमाले गण्डकीले आधारभूत खानेपानी सेवामा शतप्रतिशत नागरिकको पहुँच स्थापित गर्ने पुरानै प्रतिबद्धता दोहो¥याएको छ। सिंचाईतर्फ एमाले गण्डकीले प्रदेशका ५ लाख रोपनी जनिमा बाह्रै महिना सिउंचाई सुविधा बिस्तार गर्ने योजना पुनः राखेको छ । एमाले गण्डकीले प्रदेशलाई उज्यालो प्रदेश बनाउने पाँच वर्षअघिको पुरानै प्रतिबद्धता पनि दोहो¥याएको छ।

एमाले गण्डकीले स्थानिय तहसँगको सहकार्यमा प्रादेशिक पहिचानसहितको भवन निर्माण मापदण्ड निर्माण गर्ने, मध्य नेपाल, कुस्मा, पुतलीबजार, शुक्लागण्डकीलगायतका सहरहरुमा गुणस्तरीइ सडक, खानेपानी पूर्वाधार, प्राविधिक शिक्षालय, गुणस्तरीय स्वास्थ्य सेवा आदिको व्यवस्था गर्ने प्रतिबद्धतापनि दोहो¥याएको छ।

एमाले गण्डकीले ‘स्वस्थ नागरिक, समृद्ध प्रदेश’को पुरानै नारा अघि सार्दै त्यसका लागि प्रत्येक वडामा एक प्राथमिक स्वास्थ्य केन्द्र, प्रत्येक पालिकामा एक अस्ताल निर्माण गरी प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने पुरानै प्रतिबद्धता जनाएको छ। ५ सय शैयाको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मिर्गौला तथा क्यान्सर उपचारका लागि ५०÷५० शैयाको विशिष्टिकृत अस्पताल निर्माण, प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रादेशिक अस्पतालहरुका लागि एक हजार चिकित्सक, एक हजार नर्स, एक हजार जनस्वास्थ्य अधिकृतलगायतका जनशक्ति व्यवस्थापन गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने महत्वकांक्षी योजना अघि सारेको छ

एमाले गण्डकीले आधारभुत शिक्षा निशुल्क र अनिवार्य, माध्यमिक शिक्षा निशुल्क र उच्च शिक्षा सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक नमुना विद्यालय स्थापना गरी शैक्षिक सुधारको योजनापनि एमालेले अघि सारेको छ। उसले युवाहरुलाई ‘पढाई, कमाई र दबाई’का लागि प्राविधिक शिक्ष तथा व्यवसायीक तालिम लिन प्रेरित गर्ने योजना अघि सारेको छ साथै उच्च शिक्षा अध्ययन गर्न चाहने गरीव तथा अल्पसंख्यक विद्यार्थीहरुका लागि ऋणको व्यवस्था गर्ने प्रतिबद्धता एमालेले जनाएको छ।

एमाले गण्डकीले रोजगारीको संख्या कति थप्ने स्पष्ट खाका बनाएको छैन । तर रोजगारी सिर्जनाका लागि प्रदेश श्रम तथा रोजगारी ऐन निर्माण गर्ने, एक घर, एक रोजगारको व्यवस्था गर्ने, एकल महिलाहरुको अभिलेख राखेर उनीहरुलाई आयआर्जनसँग जोडन्ेलगायतका योजना अघि सारेको छ।

एमाले गण्डकीले गण्डकी प्रदेश पुस्तकालय निर्माण गर्ने, स्थानिय भाषा, कला, साहित्य, संस्कृतिलगायतको संरक्षण गर्दै प्रवद्र्धन गर्नेलगायतका योजना रहेको जनाएको छ उसले प्रत्येक वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र, बाल हेरचाह केन्द्र र बाल उद्यानको व्यवस्था गर्ने, अपाङ्गता भएकाहरुका लागि विशेष शिक्षाको व्यवस्था गर्न विशेष विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

एमाले गण्डकीले सुशासन कायम गर्नका लागि सार्वजनिक सेवामा ई–गभर्नेन्स स्थापित गर्ने प्रतिबद्धता जनाएको छ । साथै झञ्झटिलो कार्य प्रणालीलाई सुधार गरेर सेवाग्राहीसँग जनसेवक बन्ने कार्यशाली विकास गराउने प्रतिबद्धतापनि जनाएको छ।

एमालेका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सह–ईञ्चार्ज जगतबहादुर विश्वकर्माले अघिल्लो कार्यकालमा एमाले एक्लैको बहुमत नहुँदा यसअघि गरिएका प्रतिबद्धता पूरा गर्न नसकेकाले अहिले फेरी तिनै पुराना प्रतिबद्धता दोहो¥याउनु परेको बताए। एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले एमालेको एकल बहुमत आएमा यसअघिका अधुरा लक्ष्य तथा प्रतिबद्धता पूरा गर्नेगरी प्रतिबद्धता पत्र बनाएको बताए। प्रतिबद्धता पत्र लेखन समितिका संयोजक धनञ्जय दवाडीले यसअघि गर्दागर्दै अपूरा रहेका योजनाहरु पूरा गर्ने उद्धेश्यसहित प्रतिबद्धताहरु दोहो¥याईएको बताए।

प्रकाशित: १३ कार्तिक २०७९ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App