८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवाको उम्मेदवारी कायम, मतदाता नामावली टाइपमा गल्ती भएको आयोगको प्रष्टीकरण

प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज भएको छ। मतदाता नामावली पत्रमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।

‘उम्मेदवार विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ।’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवार विरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन।’

उनको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गल्ती भएको आयोगले प्रष्टीकरण दिएको छ।  

नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापतिसमेत रहेका डडेल्धुरामा प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारेजीको माग गर्दै उजुरी दिएका थिए।

देउवाको नेपाली नागरिकता र मतदाता नामावली पत्रमा देखिएको फरक-फरक मितिका कारण उनी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन अयोग्य भएकाले देउवाको मनोनयन खारेजी गर्न माग गर्दै उजुरी दिएका हुन्।

देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ। मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ।

प्रकाशित: २५ आश्विन २०७९ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App