५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ: ऊर्जामन्त्री भुसाल

फाइल तस्बिर।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन्।

सोमबार काठमाडौँमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन्। 

मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताइन्। उनले हाइट्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिइन्। 

सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको उनले दाबी गरिन्। उनले विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरु गरिरहेकाले नेपाल सरकारले पनि हाइट्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताइन्।

मन्त्री भुसालले विश्वमा हाइट्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताइन्। नेपालको जलस्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोग मार्फत जलस्रोतलाई हरित हाइट्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने उनको भनाइ छ।

प्रकाशित: २४ आश्विन २०७९ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App