१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनविरोधी डा. कोइरालाले भने: संविधान जोगाउन गठबन्धन गर्नुपरेको हो

नेपाली काँग्रेसका  नेता डा. शेखर कोइरालाले आफू गठबन्धनको विरोधी नभएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ६ बाट  प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गरेपछि कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनको विपक्षमा आफू नरहेको बताएका हुन्।  

डा. कोइरालाले गठबन्धनकै कारण कतिपय नेता तथा कार्यकर्ता टिकटबाट बञ्चित भएको भएपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए। आफूहरूले सकेसम्म बढी सिट लिने प्रयास स्वरुप  १ सय सिट दाबी गरे पनि गठबन्धन गर्दा भने जस्तै नहुने  कोइरालाले स्पष्ट पारे। कोइरालाले भने ‘गठबन्धन गर्दा आफूले भनेजति नै हुने कुरा पनि भएन।’  ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउन गठबन्धन गर्नुपरेको कोइरालाले स्पष्ट पारे। उनले गठबन्धनको नेतृत्व काँग्रेसले गरिराखेकोले निर्वाचनपछि पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे। 

प्रकाशित: २४ आश्विन २०७९ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App