१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गोरखा–२ मा प्रचण्ड विरुद्ध तीनजनाको उम्मेदवारी

एमालेले मियालाई अघि सा¥यो

प्रचण्डकै क्षेत्रमा गोरखा–२ मा उम्मेदवारी दिएका एमालेका अब्दुस सलाम मिया। तस्बिरः नरहरि सापकोटा÷नागरिक

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध गोरखा–२ मा अरु तीनजनाको पनि उम्मेदवारी परेको छ।

दाहालको प्रतिश्पर्धीको रुपमा नेकपा एमालेले अब्दुस सलाम मियालाई अघि सारेको छ। मियाले उम्मेदावारी दिएका छन्। त्यस्तै नेमकिपाबाट प्रल्हलाद लामिछाने र स्वतन्त्रबाट बिनोदकुमार गुरुङले पनि उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिन माओवादी केन्द्रका तर्फबाट दाहाल अहिले गोरखा पुगिसकेका छन्।  

दाहालसँगै नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र माओवादीकै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि साथमा रहेका छन्। दाहाल केहीबेरमा उम्मेदवारी दर्ता गर्न आउने तयारीमा रहेको माओवादीले बताएको छ। दाहाल उम्मेदवार बन्न लागेको क्षेत्रमा अरु दलले पनि उम्मेदवार उठाउने तयारी गरेका छन्। अहिले दाहाल उम्मेदवार बन्न थालेको क्षेत्र गोरखा–२ मा कांग्रेससँगको गठबन्धनमा बाबुराम भट्टराईले यसअघि जित हात पारेका थिए । बाबुरामसँग माओवादीका नारायणकाजी श्रेष्ठ पराजित भएका थिए।

प्रकाशित: २३ आश्विन २०७९ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App