७ वैशाख २०८१ शुक्रबार
राजनीति

आत्म सम्मानमा चोट पुगेको भन्दै पूर्वमेयर माओवादीमा प्रवेश गर्दै

फाइल तस्बिर।

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।  

नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी पार्टीबाट आत्म सम्मानमा चोट पुर्‍याउने  र हुर्मत लिने काम भएकाले गर्दा माओवादीमा प्रवेश गर्ने बताए।  

‘पार्टीमा अहिले कुनै जिम्मेवारीमा नभएको र पार्टीको निम्ति योगदान गरेर व्यक्ति केन्द्रित हुँदा आत्म सम्मानमा चोट पुर्‍याउने काम निरन्तर भएकाले माओवादीमा प्रवेश गर्न लागेको हो,’ चौधरीले नागरिकसँग टेलिफोनमा भने।

प्रदेशसभाको टिकट पाउने शर्तमा माओवादी प्रवेश गर्न लागेको चर्चा भएपनि त्यसबारे क्लियर नभएको उनले प्रतिक्रिया दिए।  

गठबन्धनतर्फ सुनसरी २ (का) माओवादीको भागमा परेमा उनीसहित माओवादीका नेता शिवकुमार डांगी र शारदा पोखरेल प्रदेश सांसदका आकांक्षी रहेका छन्।  

नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सुनसरी जिल्ला अध्यक्षमा पराजित भएपछि उनी असन्तुष्ट थिए। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा इटहरीमा एमालेका उम्मेदवार मेयरमा पराजित भए। त्यसमा चौधरीका कारण पनि मेयरका उम्मेदवार याम सुब्बा पराजित भएको आरोप लगाउने गरिएको छ। इटहरीमा मेयर हुँदादेखि  एमाले जिल्ला नेतृत्वप्रति आलोचना गर्दै आएको चौधरी जब जिल्ला अध्यक्षमा पराजित भएदेखि भने जिम्मेवारीविहिन बनाएपछि थप आलोचना गर्दै आएका थिए।  

मुख्यतः पूर्व उपमेयर लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी विरुद्ध चौधरी खुलेरै लागेका थिए। चौधरीले आइतबार बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: १५ आश्विन २०७९ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App