coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंवैधानिक कदम: राठौर

नेपालगन्ज विमानस्थलमा कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौंर। तस्बिर: अर्जुन/नागरिक

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंवैधानिक कदम भएको बताएका छन्। ‘राष्ट्रपतिको यो असंवैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमति छैन,’ नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने। ‘राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भएपनि दोस्रो पटक पनि फिर्ता गर्नु असंवैधानिक भएको नेता राठौरले जिकिर गरे।  

नागरिकता नपाएर लाखौं जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उनले बताए। ‘हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,’ राठौंरले भने।  

अर्को प्रसंगमा उनले गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताए। ‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ सहमहामन्त्री राठौंरले भने।    

सञ्चारकर्मीको जिज्ञासामा सह–महामन्त्री राठौरले बर्दिया २ मा माओवादीले नछाडे आफू बाँकेको ३ नम्बर क्षेत्रमा चुनाव लड्ने बताए। ‘मैले २० वर्षदेखी बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखी नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो,’ उनले भने, ‘मैले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिती होइन।'

प्रकाशित: ५ आश्विन २०७९ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App