६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चोलेन्द्रविरुद्ध महाअभियोगको विषयमा सिफारिस समितिमा छलफल सुरु

निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ। जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो।

बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए। शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो। त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो। अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपति सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रकाशित: १ आश्विन २०७९ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App