१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महाअभियोग सिफारिस समितिको बैठक अझै जारी

महाअभियोग सिफारिस समितिको बैठक जारी छ ।  

बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरू भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो। समितिमा बयानका लागि अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायत छन्।  

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरुलाई समेत समितिमा बोलाउने सोच गरेको थियो। पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरुलाई बोलाउने भनिएपनि न्यायाधीशहरुले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरु भने समितिमा गएका हुन्।  

समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए।

प्रकाशित: ३० भाद्र २०७९ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App