१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनैपनि स्थानमा विवाद भएको सूचना नपाएको बताए। उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भएतापनि यो पटक तीन जना भन्दा बढीले इच्छा व्यक्त गरेपनि सिफारिस भइरहेको बताए।

उनले यसरी तीन जना भन्दा बढी नाम सिफारिस भएर आएपनि सबैभन्दा बढी सम्भावित उम्मेदवार भनेर प्रदेश कमिटिको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए। उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताए।

उनले देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए। 

प्रकाशित: २१ भाद्र २०७९ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App