२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा,आजै जसपा प्रवेश गर्ने

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आगामी चुनावमा उम्मेदवारी दिन पदबाट राजीनामा दिएका छन्। उनले शनिबार मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा बुझाएका हो।

झा मधेस प्रदेशको गठन भएकोदेखि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। झाले राजिनामा दिए लगत्तै आजै महोत्तरीको जलेश्वरमा एक कार्यक्रमबीच जनता समाजवादी पार्टीमा प्रवेश गर्ने जसपाका जिल्ला अध्यक्ष पशुपति यादवले जानकारी दिए। यादवका अनुसार झालाई पार्टी प्रवेश गराउन  जसपाका अध्यक्ष उपेन्द्र यादव आएका छन्।

झाले पदबाट राजिनामा दिएर आगामी निर्वाचन महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्।

प्रकाशित: १८ भाद्र २०७९ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App