५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

एक अर्ब बढीको लागतमा बनेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।

नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका देउवाले उद्घाटनसंगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए।

१३ वटा वातानुकुलित सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १ अर्ब ११ करोडको लागतमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको हो।  

संघीय राजधानी बाहिरको पहिलो सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो यो। यो सभाहल नेपालको राष्ट्रिय झन्डा आकारमा निर्माण गरिएको छ। सभाहल अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ११ सय क्षमताको मुख्य हल ९अडिटोरियम हल० सहित ५५० देखि ५० सिट क्षमताका ठूला–साना गरी अन्य १२ वटा हल रहेको छ।  

सम्मेलन केन्द्रमा, बाल उद्यान, वाटर फाउन्टेन, कर्मचारी आबास भवन, सर्भिस भवन, क्यान्टिनलगायतका आवश्यक संरचना निर्माण गरिएको छ। केन्द्रमा प्रवेश गर्न र बाहिरिनका लागि छुट्टाछट्टै ५ वटा गेट छन्। तीमध्ये एउटा भिआइपीका लागि छ। ८ सय क्षमताको पार्किङ स्थल र हेलिप्याड निर्माण गरिएको छ।

२०७१ को पुसमा निर्माण सुरु तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको सम्मेलन केन्द्र ८ वर्षमा निर्माण पूरा भएको हो। नगरपालिकाद्वारा संरक्षित बुटवल मण्डपको १६ बिघा जमिनमध्ये ९.६ बिघामा सभाहल र बाँकी ६.५ बिघामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गरिएको हो। निर्माण सम्पन्न भएको सभाहलको पश्चिमतर्फ १ अर्ब २ करोडको लागतमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणाधीन छ।

प्रकाशित: ११ भाद्र २०७९ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App