६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय सेनाप्रमुख असोज १९ मा नेपाल आउँदै

भारतीय स्थल सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन्। उनी नेपाली सेनाको निमन्त्रणामा चार दिने भ्रमणका शिलशिलामा नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ।  

नेपाल भ्रमणका क्रममा सेना प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनापतिबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी नारायण शिलवालले जानकारी दिए। नेपाल र भारतबीच एक अर्काका देशका सेना प्रमुखलाई मानार्थ सेनाप्रमुखबाट सम्मान गर्ने परम्पराअन्तर्गत पाण्डेलाई सम्मान गर्न लागिएको हो।  

पाण्डेले निर्वतमान सेना प्रमुख मनोज मुकुन्द नरवाणेले अवकाश पाएपछि गत अप्रिल ३० मा भारतीय सेनाको २९औं सेना प्रमुखको जिम्मेवारी सम्हालेका थिए। सेना प्रमुखका रूपमा उनी पहिलोपटक नेपाल आउन लागेका हुन्। पाण्डेको भ्रमणको मिति र सम्मान गर्ने कार्यक्रम निश्चित भए पनि बाँकी कार्यक्रमका बारेमा भने तयारी भइरहेको सेनाले जनाएको छ। ‘हामीले अहिले उहाँको भ्रमणको तयारी गरिरहेका छाैं। तर भ्रमणमा के–के विषयमा छलफल हुने भन्ने कुरा तय हुन बाँकी नै छ,’ प्रवक्ता शिलवालले भने। सेना प्रमुख पाण्डेको भ्रमणले दुई देशका सैनिकबीचको सम्बन्ध सुमधुर बनाउन र दुई देशबीचको आपसी सम्बन्ध मजबुत बनाउन महŒवपूर्ण भूमिका खेल्ने सेनाले जनाएको छ। उनको भ्रमणका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ। 

प्रकाशित: ९ भाद्र २०७९ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App