४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाअभियोग सिफारिस समितिमा एमालेले राखेको तीन बुँदे फरक मत के-के हुन्?

नेकपा एमालेले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा तीन बुँदे फरक मत राखेको छ।

आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै एमालेका सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन्।  

यी हुन् एमालेले राखेका तीन बुँदे फरक मत:

१)महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकामा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने,  

२)प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि माग गर्नुपर्ने,  

३)समितिको प्रतिवेदन संसदमा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता हुनुपर्ने।

प्रकाशित: ८ भाद्र २०७९ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App