१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: के-के कुराकानी भयो?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

भेटमा ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्।

यस्तै सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक बिषयमा छलफल भएको छ। ओलीले सरकारसँग नागरिकता विधेयक पुन: हुबहु पारित, दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धिबारे छलफल भएको नेताहरुले बताएका छन्।   

प्रकाशित: ८ भाद्र २०७९ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App