१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढेपछि सभामुख असन्तुष्ट

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन्।

सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन्। 

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो। 

उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए। उनले संसदमा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए।  

उनले भने, ‘कानून शक्तिशाली हुन, तर्कोचित, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ। हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन। हामीभन्दा माथि पनि कानून छ। हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ? कति मिहेनत र परिश्रम ग¥यौं, त्यो मूल्यांकनको कुरा छ। हाम्रा सबै कुरा जनताले हेरिरहेका छन्। हामीले कतिपटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि। हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ।’

सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताए। उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए। उनले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए। 

सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताए।  सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताए। उनले  संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताए। सभामुख सापकोटाले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताए। उनले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए।

प्रकाशित: ३० श्रावण २०७९ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App