१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री खड्का र चीनका परराष्ट्र मन्त्रीबीच वार्ता हुने

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्काले आज चिनियाँ परराष्ट्र मन्त्रीलाई भेट्ने भएका छन्।  

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो।

चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका थिए। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

प्रकाशित: २५ श्रावण २०७९ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App