१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पशुपति क्षेत्रको वाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहाेर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन्।

खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आज यहाँ उद्घाटन गर्दै उनले यसले विश्वका हिन्दूको आस्थाको केन्द्र पशुपतिनाथमा धार्मिक पर्यटक बढ्ने बताए। पशुपति क्षेत्रमा स्वच्छ पानी बग्न थालेपछि धार्मिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास थियो।  

'पशुपति क्षेत्रको वाग्मतीमा स्वच्छ पानी बगाउन विसं २०५८ मा सुरु भएको एक करोड ६० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माणले केही सहयोग गरेको थियो, नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन भएपछि यस क्षेत्रको वाग्मतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ', उनले भने।

गुह्येश्वरीको फोहाेर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा निर्माण सुरु भएको केन्द्र निर्माणमा पनि तीव्रता दिन प्रधानमन्त्री देउवाले सरोकार भएका निकायलाई निर्देशन दिए।

प्रकाशित: १५ श्रावण २०७९ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App