२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाबुराम भट्टराइले दर्ता गराए नेपाल समाजवादी पार्टी

जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका डा.बाबुराम भट्टराई र भट्टराई निकट नेताहरूले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी विधिवत रुपमा दर्ता गराएका छन्।  

दिपक लामिछानेले पहिले नै दर्ता गराएको लोकतान्त्रिक समाजवादी पार्टीको नाम परिवर्तन गरेर भट्टराईले पार्टीको नयाँ नाम राखेका छन्। ‘हामीले समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरेर नेपाल समाजवादी पार्टी राखेका छौ’ भट्टराई निकट नेता प्रशान्त सिंहले भने,‘निर्वाचन आयोगले आज (बिहीबार) पार्टीको नाम फेरेर अद्यावधिक गरेको छ।’

जसपामा विवाद बढेपछि भट्टराई निकट नेता लामिछानेले निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका थिए। पार्टीको चुनाव चिन्ह आँखा रहेको छ। यसअघि तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिन्ह पनि आँखा थियो।  

सिंहका अनुसार नेपाल समाजवादी पार्टीमा ३ जना अध्यक्ष रहने भएका छन्। संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई तथा कार्यकारिणी समितिका अध्यक्षमा महेन्द्र यादव रहने सम्भावना रहेको स्रोतले बतायो।

गत असार २९ र ३० गते विरगञ्जमा बसेको उपेन्द्र यादव निकट केन्द्रीय सदस्यहरूको बैठकले भट्टराई र भट्टराइ निकट ९ जना सदस्यलाई पार्टीबाट निकाला गरेको थियो। त्यही समयमा भट्टराई निकट नेताहरूले काठमाडौमा छुट्टै बैठक गरी नया पार्टी गठन गर्ने निष्कर्षमा पुगेका थिए।

प्रकाशित: १२ श्रावण २०७९ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App