७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मूल्य वृद्धिले जिवनयापनमा असर पर्न थाल्याे: सांसद विश्वकर्मा

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महङ्गीका कारण जनता आक्रान्त भएको बताए। उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए। 

उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गरे। सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए। उनले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताउँदै आयातलाई कम गर्दै लानुपर्ने बताए।

प्रकाशित: २८ असार २०७९ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App