७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्स वितरणको अध्ययन गर्छुः नवनियुक्त मन्त्री राई

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै पदभार सम्हालेका मन्त्री राईले इम्बोस्ड नम्बरको औचित्यबारे अध्ययन गर्ने बताएका हुन्। उनले समिति बनाएर अध्ययन गर्ने बताए। राईले सडक र रेललगायतका आयोजनाहरुको पनि अध्ययन गर्ने बताएका छन्।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्री समक्ष राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गरेका थिए। तर, मन्त्री राईले स्मार्ट लाइसेन्स र इम्बोस्ड नबर प्लेट सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्ने गरी मस्यौदा बनाउन निर्देशन दिएका थिए।

प्रकाशित: २० असार २०७९ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App