५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धेरै सम्पत्ति हुने मान्छेकाे नाम सार्वजनिक गराैं: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले यस्ताे बताएका हुन्।

उनले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताए। उनले उमेर भएका मान्छेहरुलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताए। उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताए। 

उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने उनले बताए। मन्त्री खाँणले ७५३ वटा स्थानीय तहहरु मध्ये ७५२ वटा स्थानीय तहमा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए।

बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विमला वि.क.ले कुमारी आमाहरुलाई पनि एकल महिलाको रुपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताइन्। उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन्।  

नेकपा (एमाले) का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सचेत गराए। उनले श्रम गर्नसक्ने एकल महिलाहरुलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए। उनले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने धारणा राखे।

प्रकाशित: १७ असार २०७९ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App