९ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

राप्रपा विवाद सल्टियो

काठमाडौं–अध्यक्ष पशुपति शमशेर राणालाई अध्यक्षबाट हटाएर लोकेन्द्रबहादुर चन्दले आफूलाई अध्यक्ष घोषणा गरेपछि विवादमा परेको राप्रपा नेपालको विवाद सुल्टिएको छ। बिहीबार पत्रकारसम्मेलनमार्फत राप्रपा नेताहरुले विवाद सुल्टिएको बताएका हुन्।

जस अनुसार पार्टीका पहिलो अध्यक्ष लोकेन्द्रबहादुर चन्द बनाउने, दोस्रो कार्यकाल पशुपति शमशेर राणा र तेस्रो कार्यकाल प्रकाशचन्द्र लोहनीलाई दिने सहमति भएको छ। पत्रकार सम्मेलनमा राणाले आफूले केन्द्रीय समितिको बैठक बोलाइ राजीनामा दिने बताए। 'केही दिनमा केन्द्रीय समितिको बैठक बोलाएर म अध्यक्ष पदबाट राजीनामा दिन्छु,' राणाले भने,'त्यसपछि पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्द बन्नुहुनेछ।'

यसअघि एकता महाधिवेश गरी एकीकृत भएका राप्रपा र राजपाले चक्रीय प्रणाली अनुसार अध्यक्ष हुने सहमति गरेका थिए। सो सहमति अनुसार पहिलो अध्यक्ष सूर्यबहादुर थापा भएका थिए। थापापछि लोकेन्द्रबहादुर चन्द अध्यक्ष हुने सहमति भए पनि पशुपति शमशेर राणालाई अध्यक्ष भएपछि राप्रपामा विवाद चुलिएको थियो। विवादकाबीच असन्तुष्ट नेता लोकेन्द्र बहादुर चन्दले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर आफूसँग रहेको भन्दै अध्यक्षबाट राणालाई हटाइ आफू अध्यक्ष बनेको दाबी गर्दै आएका थिए। पत्रकार सम्मेलनमा लाेकेन्द्रबहादुर चन्दले भने,'अहिलेसम्म हामी एक अर्कालाइ तल पार्ने खेलमा छाैं। तर जाे जिते पनि जाे हारेपनि राप्रपा हार्छ र यसका हजाराैं कार्यकर्ता हार्छन् भन्ने कुराकाे हेक्का राखी अब याे खेल राेक्नुपर्छ र हाम्राे सम्पूर्ण तागत पार्टीका उद्देश्य अनुरूप राष्ट्र र जनताकाे सेवामा लगाउनुपर्छ।'

प्रकाशित: ३ मंसिर २०७२ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App