६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई वर्षभित्र सबै नेपाली माझ विद्युत सेवा पुर्‍याउछौं: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा  पुर्‍याउने बताएकी छिन्।  

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन्।  

उनले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको बताइन्। त्यस्तै सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको पनि उनले जानकारी दिइन्। 

प्रकाशित: १३ असार २०७९ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App