१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको छ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्। 

आइतबार मात्रै एकीकृत समाजवादीका चार मन्त्रीहरू रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाले राजीनामा दिएका थिए। नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ।

नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो। 

प्रकाशित: १२ असार २०७९ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App