coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाजुराका ८ पालिकामा बजेटको चटारो, बुढीगंगामा चुनावको हतारो

चुनावी घरदैलोमा मतदातासँग भोट माग्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर बाँनीया र माया शाह।

बाजुराका नौ वटा स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्षमा गरिने काम र योजनाहरु स्थानीय तह निर्वाचनको दोस्रो कार्यकालको पहिलो बजेटका प्रस्तुत गरेका हुन्।

नौ मध्ये बुढीगंगा नगरपालिकामा भने न मतगणना भएको छ, न निर्वाचन नै। हिमाली गाउँपालिकाले असार ९ गते नै बजेट प्रस्तुत गर्‍यो। अन्य तीन नगरपालिका र २ गाउँपालिकाले असार १० गते संविधानले व्यवस्था गरेकै दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।

बाजुराका ८ बाहेक देशकै सबेजसो स्थानीय तह यतिबेला बजेट निर्माण र नीति तथा कार्यक्रम निर्माणको चटारोमा छन्। किसानलाई असारको व्यस्तता जस्तै जनप्रतिनिधीलाई विकास बजेट र नीति कार्यक्रमको चटारो छ। तर अन्य स्थानीय तहको भन्दा बुढीगंगा नगरपालिकाको भने प्राथमिकता भिन्नै देखिन्छ।

पहिलो स्थानीय तह निर्वाचनमा समयमै बजेट ल्याउन नसकेको पालिकाका रुपमा परिचित बुढीगंगा, यो पटक बजेट ल्याउने परिस्थिति नै नभएकोले पुनः चर्चामै छ। बुढीगंगा नगरपालिकाको यही असार २३ गते निर्वाचन तोकिएको छ। त्यही निर्वाचनको प्रचारमा उम्मेदवार जुटिरहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयोजनमा बसेको बैठकले असार २३ गते निर्वाचन गर्ने निर्णय गरेपछि दलहरु पनि सहमत भएका छन्। त्यही सहमतिका आधारमा निर्वाचनको सम्पूर्ण तयारीमा उम्मेदवार घरदैलोमा व्यस्त देखिएका छन्। सत्ता र शक्तिको आडमा गरिएको बखेडाले निष्पक्ष मतदानमा भाग लिएका र आफ्नो निर्णयको प्रयोग गरेका नागरिकको माथि अन्याय भएको छ।

नगरको विकासमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। समयमै बजेट ल्याउन नसक्नु मात्र समस्या नभइ चुनाव हुने नहुनेमा समेत यहाँका स्थानीय अन्योल छन्। नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार भने किसानकै खेतबारी, किसानकै घरमा पुगेर प्रचारमा जुटेका छन्।

नेकपा एमालेका मेयर रामबहादुर बाँनीयाले अभागी छोरी पुन जनताको घरदैलोमा मत माग्न आउँदैछन्, भने सामाजिक सञ्जाल मार्फत जानकारी गराएर प्रचारमा जुटेका छन्। उमप्रमुखका उम्मेदवार माया कुँवरसहितको टोली पनि प्रचारमै जुटेको छ।

'अन्यपालिकालाई बजेट बनाउने चटारो छ, हामीलाई चुनावको हतारो भएको भन्छन्, नेकपा एमालेबाट १० नम्बर वडाको अध्यक्षका उम्मेदवार दलबहादुर साउँद।' साउँदले सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव रद्द गर्ने गरिएका सबै षड्यन्त्र जनताले पुन मतदानबाटै जवाफ दिने बताएका छन्।

पालिकाका १० वटै वडामा चुनावी तयारी थालिएको छ। तर स्थानीय मतदाता भने चुनावमा भाग लिन नलिने अनइोल छ। कतिजना विदेश फर्किसकेका छन्। भने अधिकांश आफ्नो कार्यक्षेत्रमा पुगेर काममा लागिसकेका छन्। काँग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खाती र उपमेयरका उम्मेदवार रिता शाही पनि चुनावी घरदैलोमा छन्।

काँग्रेस कार्यकर्ताले पनि सामाजिक सञ्जाल मार्फत चुनावी हतारोको संकेत गर्दै धारणा सार्वजनिक गर्ने गरेका छन्। काँग्रेस एमालेका शीर्ष तहका नेताहरु भने खुलेर प्रचारमा लागिरहेको देखिएको छैन। विकास रोकिएको छ, प्रक्रिया भत्किएको छ, लोकतन्त्र र विधीको शासन माथि नै प्रश्न उठेको अवस्थामा चुनावी प्रचारको हतारोपनि अनौठो लाग्ने गरेको नेकपा एमाले बुढीगंगा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाकोे भनाइ छ।

अरु पालिकामा विकास र समृद्धिका योजना बन्ने हतार मेरो पालिकामा सत्ता शक्ति र मुठे बलको भरमा चुनावको हतारो काँग्रेस एमालेका केही सचेत युवा नेताहरु भने निराश देखिएका छन्। यता प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले भने असार २३ गते निर्वाचन गर्ने गरि तयारी थालिएको बताएका छन्।

वैशाख ३० गते अरु पालिकाकै निर्वाचनको दिन सम्पन्न निर्वाचनका मतपेटीका प्रहरीको सुरक्षामा थन्किएका छन्। दुवै पक्षले धाँधलीको आरोपसहित जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानको पत्र निर्वाचन आयोगलाई काटेका थिए।

निर्वाचन सकिएको २ घण्टा पछि सरकारका महान्यायधिवक्त खम्म खातीको दबावमा जिल्ला स्थित सुरक्षा निकाय, निर्वाचत अधिकृत र अन्य निकायले बाध्य भएर पत्र काटेपछि मतगणना रोकिएको आरोप छ। तर महान्यायधिवक्ताको कार्यालयले विज्ञप्ती जारी गरेर कुनै संलग्नता नभएको दाबी गरेको छ।

नेकपा एमालेले विधि प्रक्रिया पूरा गरेर सम्पन्न निर्वाचनलाई कुनै व्यक्ति र आफन्त जिताउन राज्यको शक्ति प्रयोग हुन हुँदैन्, भन्ने अडान सहीत गणनाको पक्षमा छ। भने नेपाली काँग्रेसले २, ३, ५ र ९ मा पूर्ण रुपमा धाँधली भएको आरोपसहित पुनः मतदानको माग गरिरहेको छ।

दुवै दल उच्च अदालत र सर्वोच्च अदालत पुगेका छन्। उजुरीको सुनुवाई मिति सार्ने बाहेक अर्को प्रगति छैन। निर्वाचन आयुक्त सगन समशेर जवराको नेतृत्वमा आएको छानवीन टोलीले मतगणना हुनु पर्ने र विधी पुगेर सबै स्थानमा निर्वाचन भएको प्रतिवेदन बुझाएको थियो।

काँग्रेसबाट मेयरका उम्मेदवार एवं सरकारका महान्यायधिबक्ताका सहोदर दाइ रंग खातीलाई जिताउन गरिएको अनावश्यक हस्तक्षेपलाई आधार नमान्न समेत प्रतिवेदनमा उल्लेख छ। मेयरका उम्मेदवार खातीकै गृह वडामा ९९.९४ प्रतिशत मत खसेको थियो। बुढीगंगा यतिबेला देशकै एक नमुना पालिकाको रुपमा चर्चामा छ।

प्रकाशित: ११ असार २०७९ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App